थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, बिहीवार थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १९६ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
गत २४ घण्टामा ६००० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४४७ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ ।
विगत २४ घण्टामा कोरोनाबाट ९ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८५६ रहेको छ ।
प्रतिकृया दिनुहोस्