March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

असंवैधानिक ढङ्गबाट संसद विघटन भएकाले देश अनिश्चयको बाटोमा गइरहेको छ: यादव

काठमाडौं, पूर्वराष्ट्रपति रामवरण यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अनिश्चयको बाटोमा गइरहेको बताएका छन । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्द उनले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरेको बताएका हुन ।

राष्ट्रपति यादवले प्रतिनिधिसभामा तीन करोड जनताका प्रतिनिधि बस्ने भन्दै पूर्व त्यसलाई विघटन गरेर लोकतन्त्रलाई आघात पुर्‍याउने काम गरिएको बताए । पूर्व राष्ट्रपति यादवले सर्वोच्च अदालत सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले संसद पुनस्थापना गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

देशको भूराजनीतिक अवस्थाका कारण दुई छिमेकी देशले अहिले नेपालमा परेड खेल्ने काम गरेको उनको आरोप छ । स्वस्थ विदेश नीति नलाएमा देशलाई बचाउन कठिन हुने पूर्व राष्ट्रपति यादवले बताए ।

पछिल्लो राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकषर्ण गरेको भन्दै यादवले त्यो देशका लागि पनि सुखद नहुने धारणा राखे । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले बीपीको मेलमिलापको नीति झनै सान्दर्भिक बन्दै गएको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको