
काठमाडौं – काेराेना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेकाे छ । जसमध्ये ७०७ जना महिला र ७ हजार ५६७ जना रहेका छन् । शुक्रबार मात्रै ४२६ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये पुरुष ३३८ र महिला ८८ जना रहेका छन् । आज कसैकाे मृत्यु भएको छैन भने बिहीबार सम्म मृत्यु हुने २२ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार डिस्चार्ज हुनेकाे संख्या १४ सय २ रहेका छन् । आज मात्र २०७ जना डिस्चार्ज भएको हाे ।






