January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

हिउँदे अधिवेशन हुने भएपछि राष्ट्रिय सभाका सदस्यहरुको कोरोना परिक्षण

  • 2
    Shares

काठमाडौं, राष्ट्रिय सभाका सदस्यहरुको कोरोना भाइरण परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रवारबाट शुरु हुने भएपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

पीसीआरको रिपोर्ट शुक्रबार बिहान सम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागि हुन पाउनेछन् भने सरकारले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेकोले यसपटकको हिउँदे अधिवेसनमा राष्ट्रिय सभाको बैठक मात्रै सञ्चालन हुनेछ ।

पहिलो बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुले मन्तव्य राख्ने कार्यसुचि तय गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको