January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

बिहिवार उपत्यकाको तापक्रम एक डिग्रीभन्दा तल झर्यो, अझैं केही दिन चिसो बढने

  • 26
    Shares

काठमाडौं, काठमाडौं उपत्यकामा बिहिवार तापक्रम एक डिग्रीभन्दा तल झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको तापक्रम शुन्य दशमलब आठ डिग्री सेल्सियस मापन भएको हो । यो न्यूनतम तापक्रम हालसम्मकै सबैभन्दा कम भएको महाशाखाले जनाएको छ ।

बिहान पौने छ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम एक दशमलब दुई डिग्री सेल्सियस रहेकोमा पौने नौ बजे झन् घटेर शुन्य दशमलब डिग्री सेल्सियस पुगेको हो । यसअघि गत मंगलबार काठमाडौंमा सबैभन्दा कम तापक्रम एक दशमलव एक डिग्री मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाले अझैं केही दिन चिसो बढने क्रम जारी रहने जनाएको छ । केही दिनदेखि देशभर चिसो बढने क्रम जारी छ ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको