January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले देश संकटमा धकेलियो: सभापति देउवा

  • 8
    Shares

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल कार्यक्रममा उनले प्रधानमन्त्रीले देशलाई संकटतर्फ लगेको आरोप लगाएका हुन ।

संसद भंग गरी अचानक चुनाव घोषणा गरेर ओलीले असंवैधानिक काम गरेको सभापति देउवाको भनाइ छ । सभापति देउवाले अदालतमा मुद्दा विचाराधिन भएकोले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले अहिले आन्दोलन नगर्ने पनि बताएका छन् ।

उनले सर्वोच्चले डर, त्रासमा नपरी स्वतन्त्ररुपमा निर्णय गर्ने वातावरण बनोस् भनेर आन्दोलन रोकेर फैसला कुरिरहेको बताए । सभापति देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्चलाई स्वतन्त्ररुपमा निर्णय गर्न वातावरण बनाइरहेको दावी गरे ।

शीर्ष समाचार

धेरै पढिएको