January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

वाग्मती प्रदेश सरकारले दुग्ध पाउडर कारखाना स्थापना गर्दै, दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने

  • 4
    Shares

वाग्मती, वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएको समयमा दूध सङ्कल गरेर धुलो बनाउने र कम उत्पादन भएको बखत वितरण गर्ने उद्देश्यले दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको जानकारी दिएका छन् । उनले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने र प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको