January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

मेरो ब्रिफकेस भरिएको छ प्रचण्डसँग गरिएको सम्झौताहरुले: प्रधानमन्त्री ओली

  • 10
    Shares

काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफुसंग प्रचण्डसंग गरिएका सम्झौताहरुले भरिएको ब्रिफकेस रहेको बताएका छन् ।

बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डले पटक पटक गरेका सम्झौत हेर्ने हो भने एउटा ब्रिफकेसनै भरिएको बताएका हुन् ।

ओलीले प्रचण्डलगायत नेतालाई लक्षित गर्दै डुंगा समातेर बसिराख्नेहरू छुटेको बताएका छन् । भेलालाई सम्बोधन गर्दै ओलीले अग्रगमन र गतिको डुंगा अगाडि बढेको बताएका छन् ।

त्यस्तै ओलीले प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए ।

षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको ओलीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको