January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

‘मैले मित्रताले अँगालो हाले प्रचण्डले ध्रीतराष्टले जसरी हाल्नुभयो’: प्रधानमन्त्री ओली

  • 18
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले मित्रताको अँगालो हाले पनि पुष्पकमल दाहाल “प्रचण्ड” ले भने ध्रीतराष्टले जसरी हालेको बताएका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले मित्रताले अँगालो हाले वहाँले ध्रीतराष्टले जसरी हाल्नुभयो,’ ओलीले भने, ‘शुरुदेखि वहाँको ध्यान पार्टी कब्जा गर्ने र हत्याउनेमा नै रहेछ ।’

प्रधानमन्त्री ओलीले एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाइ ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे ।

ओलीले भने, ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर एकताका लागि मैले ४० प्रतिशत दिएँ । तर, वहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो ।’

आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनको आरोप थियो । ‘तीन वर्षमा मेरो धेरे साबुन, स्याम्पु र ट्याङ्करको पानी सकियो । वहाँहरु सुध्रिनु भएन ।’

अध्यक्षले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे ।

शीर्ष समाचार

धेरै पढिएको