January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

प्रचण्डले सधैँ क्रमभङ्ग, धक्का अनि महाविपत्ति सिद्धान्तको चर्चा गर्नुहुन्थ्यो: नेता भट्ट

  • 9
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका का नेता लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी वैद्यानिक भएको दाबी गरेका छन् ।

बुधबार राजधानीस्थित एक पार्टी प्यालेसमा आयोजित आफू निकटको भेलालाई सम्बोधन गर्दै भट्टले अहिलेको लिगेसी भनेको ओली नेतृत्वको नेकपा भएको दाबी गरेका हुन् ।

कार्यक्रममा उनले अध्यक्ष प्रचण्डको खुलेर आलोचना गरे । उनले भने, ‘प्रचण्डले सधैँ क्रमभङ्ग, धक्का अनि महाविपत्तिको सिद्धान्तको चर्चा गर्नुहुन्थ्यो । आज वहाँले महाविपत्ति ल्याउनुभएको छ । सडकमा गएर मच्चाइराख्नु भएको छ ।’

प्रचण्डले आफै अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता ल्याएको भन्दै अहिले सडकमा गएर फेरि आफै गणतन्त्र र संघीयता खतरामा परेरको भनेर कराउन थालेको भट्टले बताए । ‘वहाँ सडकमा गएर गणतन्त्र र संघीयता जान्छ भनेर भन्दै हुनुहुन्छ तर जालझेल षड्यन्त्र गरेर अविश्वास प्रस्ताव दर्ता चाहिँ त्यसले अस्थिरता ल्याउँछ कि ल्याउँदैन ?,’ उनको प्रश्न थियो, ‘समाजवाद ल्याउने कि सडकमा जाने ?’

प्रचण्ड र माधव नेपाल समुहले केवल पदका लागि पार्टी फुटाएको पनि भट्टले आरोप लगाए । ‘केपी ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा वहाँले हिम्म्त गर्नु सक्नुभएन । वहाँले पदका लागि पार्टी फुटाएको हो,’ उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको