January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

थप ५११ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

  • 1
    Share

काठमाडौं, बुधबार थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण बुधबार ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको