January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

हेर्न नभ्याएका कारण मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि सुनुवाइ स्थगित 

  • 7
    Shares

काठमाडौं, संसद विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ तोकिएपनि हेर्न नभ्याइएकाले  स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकेको थियो ।


प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद् हेरफेर गर्न नमिल्ने दाबीसहित सर्वोच्चमा दुईवटा निवेदन दर्ता भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको