January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण 

  • 4
    Shares

काठमाडौं, एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् ।

एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । सो अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ ।

एएफसी विश्व फुटबल महासङ्घ ९फिफा० भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो ।

हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ । नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो ।

एन्फाले नेपालका सबै ‘ए’ डिभिजन क्लबलाई एएफसी लाइसेन्स प्रक्रिया पूरा गर्न निर्देशन दिए पनि आर्मी क्लबबाहेक कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो ।

शीर्ष समाचार

धेरै पढिएको