January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

नेकपा दाहाल-नेपाल पक्षको संसदीय दलको नेतामा शाक्य चयन

  • 8
    Shares

काठमाडौं, नेकपाको दाहाल-नेपाल समूहले बागमती प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

पेरिसडाँडामा आज बसेको दाहाल-नेपाल समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।


यसअघि, दाहाल-नेपाल समुहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो भने बागमती प्रदेशमा १ सय १० जना सांसद छन् । नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको