चार दिने नेपाल भ्रमण सकेर चिनियाँ टोली स्वदेश फर्किए

काठमाडौं, चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु बुधबार बिहान स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली हिमालय एयरलाइन्सबाट आज बिहान ९ः४० बजे स्वदेश फर्किएको हो ।
चार दिने नेपाल भ्रमणका क्रममा सो उच्चस्तरीय प्रतिनिधि मण्डल टोलीले नेपालको शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो ।
आइतबार दिउँसो काठमाडौं ओर्लिएको टोलीले सोहीदिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो ।
संसद विघटन गरिएको र सत्तारुढ नेकपा विभाजनतर्फ गएको अवस्थामा नेपालमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमबीच चीनबाट उच्चस्तरीय टोलीले गरेको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिकृया दिनुहोस्