January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

सामान्य राजनीतिकर्मी हैन, राजनेता बनौं: बाबुराम भट्टराई 

  • 29
    Shares

काठमाडौं, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबै राजनीतिक नेतालाई सामान्य राजनीतिकर्मी होइन, राजनेता बन्न आग्रह गरेका छन् ।

जेम्स एफ क्लार्कको भनाइ उधृत गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनविरुद्ध एक हुन आह्वान गरेका हुन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्,
‘एउटा राजनीतिकर्मीले आगामी चुनावबारे सोच्छ । एउटा राजनेताले आगामी पुस्ताबारे सोच्छ । एउटा राजनीतिकर्मीले आफ्नो पार्टीको सफलता चाहन्छ । एउटा राजनेताले आफ्नो देशको सफलता चाहन्छ’- जेम्स एफ क्लार्क ।’  ‘सामान्य राजनीतिकर्मी हैन, राजनेता बनौं। ओली-भण्डारी प्रतिगमनविरूद्ध एकताबद्ध संघर्षमा जुटौं ।’

शीर्ष समाचार

धेरै पढिएको