January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

आजबाट नेकपा ओली समूहको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू

  • 7
    Shares

काठमाडौं, नेकपाको ओली समूहले आजदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । प्रचण्ड- माधव समूहले देशभर शक्तिप्रदर्शन गरेको भोलिपल्टबाट ओली समूह आफ्ना नेता कार्यकर्ताको प्रशिक्षणमा जुटेको हो ।

आजको प्रशिक्षण नेकपाको सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताका लागि हुने प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

उनका अनुसार प्रशिक्षण कार्यक्रम १२ बजेदेखि काठमाडौँको कार्की ब्यांक्वेटमा हुनेछ । यसअघि प्रचण्ड– माधव नेपाल समूहको नेकपाले कार्यक्रम गर्दै आएको कार्की ब्यांक्वेटमै केपी शर्मा ओली नेतृत्वको नेकपाले कार्यकर्ता भेला तथा प्रशिक्षण गर्न थालेको हो ।

शीर्ष समाचार

धेरै पढिएको