January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

कोरोनाको नयाँ प्रकोप फैलिएपछि धमाधम उडान बन्द गर्दै अन्तर्राष्ट्रिय वायुसेवा

  • 33
    Shares

काठमाडौं, खाडी मुलुकले धमाधम अन्तर्राष्ट्रिय उडान बन्द गर्न थालेका छन् । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ खालको कोरोना भाइरस फैलिन थालेपछि खाडीका देश साउदी अरब, ओमान, कुवेतले अन्तर्राष्ट्रिय उडान बन्द घोषणा गरेका हुन् ।

साउदीले सोमबारबाट नै लागू हुने गरी व्यावसायिक यात्रुवाहक हवाई उडान एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिन थालेपछि साउदी अरबले एक साताका लागि यात्रुवाहक हवाई उडान बन्द गर्ने घोषणा गरेको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उक्त अवधिसम्म साउदी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सबै यात्रुवाहक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । साउदी अरबका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंहले साउदी अरबको गृह मन्त्रालयको भनाइ उद्धृत गर्दै साउदीले विशेष परिस्थितिमा मात्रै उडान अनुमति दिने निर्णय गरेको जानकारी दिएका छन् ।

यसअघि कुवेत र ओमानले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेका थिए । खाडीका देशले अन्तर्राष्ट्रिय उडान बन्द गर्दा वैदेशिक रोजगारीका लागि ती देशमा रहेका नेपाली श्रमिकसमेत प्रभावित भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको