January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

पेरिसडाँडामा नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठक आज बस्दै

  • 20
    Shares

काठमाडौं, नेकपाको दाहाल-नेपाल समूहको स्थायी समिति बैठक आज बस्दैछ । काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरुको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा संसद विघटनविरुद्ध दोस्रो चरणका आन्दोलन कार्यक्रमको तयारीका विषयमा छलफल हुने भएको छ ।

बैठकपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने नेताहरुले बताएका छन् भने आजै दाहाल-नेपाल समूहले अखिल नेपाल महिला संघको वृहत भेला पनि आयोजना गरेको छ । भेलालाई पार्टीका शीर्ष नेताहरुले पेरिसडाँडामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको