January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

थप ७ सय ८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

  • 8
    Shares

काठमाडौं, मंगलबार थप ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ६५ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घन्टामा ७ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको