March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ओलीको कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी छ: नेता श्रेष्ठ

काठमाडौं, नेकपा (प्रचण्ड–माधव) पक्षका नेता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा भएको शक्ति प्रदर्शनका क्रममा भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न नेपाली जनता तयार छन् भन्ने कुरा विरोध प्रदर्शनमा सहभागी जनताको सहभागिताबाटै पुष्टि भएको पनि बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको संसद भंग गर्ने असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध प्रदर्शनमा सबै राजनीतिक दल र नागरिक समाजलाई धन्यवाद दिए ।

उनले आन्दोलन शान्तिपूर्ण र मर्यादित हुने भन्दै आन्दोलन भाँड्न हुने षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे । नेता श्रेष्ठले प्रधानमन्त्री ओलीको प्रतिगामी नसच्चिएसम्म आन्दोलन जारी रहने पनि बताए ।

शीर्ष समाचार

धेरै पढिएको