January 19, 2021, Tuesday
२०७७ माघ ७, बुधबार

नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

  • 1
    Share

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो ।

तर नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला मंगलबार यो मुद्दा पेसीमा चढेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको