लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो: महेश बस्नेत
- hamro_kantipur
- २०७७ पुष १४

बाँके, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन् ।
प्रेस सङ्गठन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताएका हुन् ।
जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको विचार राख्दै उनले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई आग्रह गरे ।
शीर्ष समाचार
- आधिकारिकताको विवादमा रूमल्लिएकाे नेकपाको विधान नै दुई थरी !
- निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृह मन्त्रालयको निर्देशन
- नेकपा दाहाल–नेपाल समुहद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
- नियोजित हल्ला चलाउनु लोकतान्त्रिक प्रणालीमाथिकै षडयन्त्र हो: प्रधानमन्त्री ओली
- सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध छ: परराष्ट्रमन्त्री ज्ञवाली
प्रतिकृया दिनुहोस्