January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको देशव्यापी प्रदर्शन गर्दै 

  • 17
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन निर्णयविरुद्व  नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशभर शक्ति प्रदर्शन गर्दैछ । आज काठमाडौँ उपत्यकाका विभिन्न ८ स्थानबाट र्‍याली निकालिने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीको यो कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । आजको प्रदर्शनमा उपत्यकामा मात्रै एक लाख मानिस उतार्ने नेकपा नेताहरुले दाबी गरेका छन् ।

भृकुटीमण्डपमा हुने सभामा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको