
काठमाडौं – काेराेना संक्रमितको संख्या बुधबारसम्म संख्या ७ हजार ८४८ पुगेकाे छ । जसमध्ये महिला ६१९ जना र पुरुष ७२२९ जना रहेका छन् । आज मात्र ६७१ जना थपिएको छ । जसमध्ये ८० जना महिला र ५९१ जना पुरुष हुन् । आज १९ जनाकाे डिस्चार्ज भएको छ । याे सँगै डिस्चार्ज हुनेकाे संख्या १ हजार ८६ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मृत्यु हुनेकाे संख्या २ जना रहेका छन् र आजसम्म मृत्यु हुनेकाे संख्या २२ पुगेकाे छ । र नेपालकाे ७७ जिल्ला मध्ये ७४ जिल्लामा संक्रमित भएको छ ।





