January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध मुद्दा दायर

  • 5
    Shares

लालबकैया, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा तीन करोड ६५ लाख नौ हजार ४५६ रुपैयाँ बराबरको बदमासी भेटिएको हो । आयोगले आरोपी सबैलाई बिगो अनुसारको कारबाहीको माग दाबी गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको