January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबिच भेटवार्ता 

  • 15
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार साँझ भेटवार्ता भएको छ । शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग करिब दुई घण्टा छलफल गरेका हुन् ।

सो भेटमा नेकपा विभाजन र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।

प्रतिनिधिसभा बिघटन तत्कालै सदर गरेको भन्दै आलोचना भैरहेको समयमा राष्ट्रपति र प्रधानमन्त्रीविच छलफल भएको हो ।

भेटमा नेकपा विवादमा चासो राख्दै भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीको भेटका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको