
काठमाडौं – नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित भएको छ । बिहिवार राष्ट्रियसभामा दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा विधयेक पारित भएको हो । विधयेकको पक्षमा ५७ र विपक्षमा सुन्य मत परेको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधयेक पारित भएको घोषणा गरेका हुन् । यसअघि नयाँ नक्शासम्बन्धी संविधान संशोधन प्रतिनिधिसभाबाट पारित भइसकेको छ । प्रतिनिधिसभामा कोही पनि विपक्षमा थिएनन् त, केही सांसद भने अनुपस्थित थिए । दुवै सदनबाट विधयेक पारित भएपछि राष्ट्रपति विद्या भण्डारी समक्ष स्वीकृतिका लागि जानेछ । राष्ट्रपतिले स्वीकृत गरेपछि निशान छापले औपचारिकता पाउनेछ ।





