थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं, सोमबार थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २५२ जना महिला र ४०७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
गत २४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७१८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।
यस्तै २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ ।
प्रतिकृया दिनुहोस्