January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई सञ्चारमन्त्रीको आग्रह 

  • 2
    Shares

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुुर्‍याको योगदानको प्रशंसा गरेका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले सोमबार नेपाल पत्रकार महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको माल्यार्णपन कार्यक्रममा सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले २००८ सालमै नेपाल पत्रकार महासंघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुुर्‍याएको योगदान उल्लेखनीय रहेको बताएका हुन् ।

मन्त्री गुरुङले स्वर्गीय श्रेष्ठले नेपालको सञ्चार, सूचना र प्रविधिको क्षेत्रमा संस्थागत विकास गर्न दुुरदृष्टि राखेको उल्लेख गर्दै आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई आग्रह गरे । उनले स्वर्गीय श्रेष्ठ नेपालको पत्रकारिता क्षेत्रको ऐतिहासिक व्यक्तित्व भएको चर्चा गरे ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सूरबीर बज्राचार्यले २००८ सालमा नेपाल पत्रकार महासंघको स्थापना गरेको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नै महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराए ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री गुरुङले नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक निर्णय लिने बताए ।

शीर्ष समाचार

धेरै पढिएको