January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

प्रधानमन्त्री ओेलीको असंवैधानिक कदम काँग्रेसलाई कुनै हालतमा मान्ने हुँदैन: नेता सिंह

  • 2
    Shares

काठमाडौं, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्ति मात्रै निकालेर नबस्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा घोषित विरोधसभा अन्तरगत काठमाडौं क्षेत्र नम्बर १ को विरोधसभामा सम्बोधन गर्दै काँग्रेस नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओेलीको असंवैधानिक कदम काँग्रेसलाई कुनै हालतमा मान्ने नहुने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्रको किचलो झोकमा जनप्रतिनिधिको थलोमाथि प्रहार गर्नुभयो । त्यो पनि असंवैधानिक तरिकाले संसद भंग गरिको छ । यो संविधानमाथि प्रहार र जनताको अपमान हो । यस्तो कदम नेपाली काँग्रेस मान्य हुँदैन । काँग्रेसले गत बैशाखमै ओलीले सरकार सञ्चालनको वैधता गुमाएको ठहर गर्दा पनि नेकपाले समयमा नसोच्दा आजको अवस्थ खडा भएको बताए ।  

शीर्ष समाचार

धेरै पढिएको