January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

संसद विघटनविरुद्ध कांग्रेसको देशव्यापी विरोध प्रदर्शन

  • 9
    Shares

काठमाडौं, संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सोमबार देशभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गरिएको कदमविरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।

काठमाडौंमा पनि काँग्रेसले प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो । काँग्रेसले काठमाडौंका १० निर्वाचन क्षेत्रलाई आधार बनाएर १० स्थानमा प्रदर्शन गरेको छ ।

जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नयाँबानेश्वरस्थित होटल एभरेस्ट अगाडि, निर्वाचन क्षेत्र नम्बर २ मा कोटेश्वर चोक, निर्वाचन क्षेत्र नम्बर ३ मा जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर ४ मा नारायणचौर नक्साल, निर्वाचन क्षेत्र नम्बर ५ मा महाराजगन्जस्थित नारायणगोपाल चोक, निर्वाचन क्षेत्र नम्बर ६ मा मनमैजुस्थित लोकतान्त्रिक चोक, निर्वाचन क्षेत्र नम्बर ७ मा बालाजु चोक, निर्वाचन क्षेत्र नम्बर ८ मा बसन्तपुर डबली, निर्वाचन क्षेत्र नम्बर ९ मा कलंकी चोक र निर्वाचन क्षेत्र नम्बर १० मा कीर्तिपुर बजारलाई विरोध कार्यक्रम स्थल तोकिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको