March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

पाथिभरा क्षेत्रमा पुनः फैलियाे डढेलाे

ताप्लेजुङ, पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो फेरि फैलिएको छ । विहिबारदेखि लागेको डढेलो अाइतबार केही नियन्त्रणमा आएपनि साेमबार बिहानबाट पु:न फैलिएको हाे ।

अागाे मन्दिरसम्मै पुगेकाे पाथिभरा क्षेत्र विकास समितिका कार्यकारि निर्देशक मनमणि काफ्लेले बताए । मन्दिर र अासपासका धर्मशाला जाेगाउन सिम्रिक एयरकाे हेलिकप्टर मगाइएकाे उनले बताएका छन् । हेलिकप्टरबाट पानी हानेर मन्दिर परिसर बचाउने तर जङ्गलकाे अागाे भने नियन्त्रणमा लिन असम्भव रहेकाे पाथिभराका कर्मचारी राजेन्द्र महतकाे भनाइ छ ।

अागाे निभाउन पाँच दिनदेखि तीन वटै सुरक्षा निकाय, पाथिभराका कर्मचारी र स्थानिय खटिएका छन्। डढेलाेले सिरिजङ्घा- ३ ढांडेमा रहेकाे चाैंरि गाेठसमेत जाेखिममा परेकाे गाेठका कालू शेर्पाले बताए ।

शीर्ष समाचार

धेरै पढिएको