January 19, 2021, Tuesday
२०७७ माघ ७, बुधबार

पठाओ कार्यालयमा तोडफोड गर्ने केही राइडरहरु पक्राउ

  • 1
    Share

काठमाडौं, पठाओ कार्यालयमा तोडफोडमा संलग्न  केही राइडरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरमा लगिएको हो ।  ‍

कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दै पठाओ राइडरहरूले सोमबार कार्यालय तोडफोड गरेका हुन् ।

राइडरहरुको माग सम्बोधन नभएको भन्दै पठाओ‌ राइडरहरूले कार्यालयमा आज नाराबाजीका साथै तोडफोडसमेत गरेका थिए । तोडफोड भएपछि प्रहरी परिचालन गरिएको थियो

तोडफोडपछि पठाओ कार्यलयको अवस्था

सोमबार राइडरले युएन पार्कबाट कम्पनीविरूद्ध नाराबाजी गर्दै र्‍याली निकालेर पठाओको कार्यालय मध्यबानेश्वर पुगेर घेराउ गरेका थिए । आन्दोलनरत राइडरहरूले गत सोमबार पठाओ कम्पनीमा ११ बुँदे मागपत्र पेस गरेका थिए ।

सो मागपत्रमा राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग राखेका थिए ।

सो माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटमसमेत दिएका थिए । पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएपछि सामूहिक रुपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुंगामुडा र तोडफोड गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको