January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

असई र प्रहरी जवान हत्या प्रकरणका मुख्य योजनाकार राना पक्राउ

  • 4
    Shares

कैलाली ,नेपाल प्रहरीका असई र प्रहरी जवान हत्या प्रकरणका मुख्य योजनाकार  पक्राउ परेका छन्  । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो । 

धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार सुकबहादुर भनिने अमर राना पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका १० जुगेडा बस्ने ३४ वर्षीय रानालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले धनगढी उपमहानगरपालिका १९ फूलबारी एरियाको नेपाल भारत सीमा नजिकबाट आइतबार राती पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ ।

रानालाई आजै जिल्ला अदालत कैलालीमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शमशेर जबराले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको