January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

आफूखुसी निर्णय गरि सेवा सुविधा नदिएको भन्दै पठाओ कार्यलयमा तोडफोड

  • 29
    Shares
file photo

काठमाडौं, काठमाडौंको बानेश्वरस्थित पठाओको कार्यालयमा राइडरहरुले तोडफोड गरेका छन् । पछिल्लो समय कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको समूहले कार्यालयमा तोडफोड गरेका हुन् । 

कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएका छन् ।

कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदार मार्ने काम गरेकोलगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको