March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आठ दिनदेखि ९ कक्षामा अध्यरत किशोर बेपत्ता, खोजीदिन परिवारको आग्रह

स्कुलबाट दिउँसो घर जान्छु भन्दै निस्केका नुवाकोटका एक १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता छन् । सबैतिर खोज्दा पनि कतै सम्पर्क हुन नसकेपछि प्रहरीलगायत अन्य सरोकारवालासँग खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।


नुवाकोटका १७ वर्षीय अनिल अधिकारी पौस ६ गतेदेखि सम्पर्कविहीन भएका छन् । छोरा हराएपछि चिन्तित बनेका अनिलका बुबा अर्जुनप्रसाद अधिकारीले विदेशबाट आफ्नो छोरा खोजिदिनका लागि आग्रह गरेका छन् ।


६ गते स्कुलबाट दिउँसोको अतिरिक्त समयमा सञ्चो नभएको भन्दै शिक्षकसँग बिदा मागेर निस्केका १७ वर्षीय अनिल त्यस दिनदेखि परिवारको सम्पर्कमा छैनन् ।

बेलुका एउटा अञ्जान नम्बरबाट उनले आफ्नी आमालाई साथीकोमा बसेको र साँझ घर नआउने बताएर फोन काटेका थिए । अनिलका बुबा अजुर्नले भने, ‘६ गते बेलुकी उसको आमालाई अञ्जान नम्बरबाट फोन गरेर साथीकोमा बसेको छु भनेको थियो रे । त्यसपछि फोन काटेको आजसम्म सम्पर्कमा आएको छैन । प्रहरीकहाँ पनि उजुरी दिएका छौं । तर, केही पत्ता लागेको छैन ।’

कक्षा ९ मा अध्ययनरत अनिल ८ दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले सबैतिर खोजीका लागि गुहार मागेको छ ।

शीर्ष समाचार

धेरै पढिएको