January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली सच्चिए पुनः पार्टी एकता हुन्छ: योगेश भट्टराई

  • 1
    Share

नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आए पुनः पार्टी एकता हुन सक्ने बताएका छन् ।

प्रेस सङ्गठन नेपालले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् । उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे ।

 निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको बताउँदै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए । 

शीर्ष समाचार

धेरै पढिएको