January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

चिनियाँ उच्चस्तरीय टोली र अध्यक्ष नेपालबिच भेटवार्ता

  • 1
    Share

काठमाडौं, नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त छ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच आज भेटवार्ता भएको छ । 

उक्त टोलीले बिहान ९ बजेदेखि साढे दश (डेढ घण्टा) बजेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो । प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो । नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो ।

यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी,बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । त्यसैगरी प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेको टोली लगत्तै बानेश्वरस्थित एभरेष्ट होटल पुगेको थियो । 

नेकपामा विवाद संसद विघटनपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । 

शीर्ष समाचार

धेरै पढिएको