
काठमाडौं – भारत र चिनबिच भइरहेको लडाइँ राेकेर शान्तिपूर्ण तरिकाले वार्ता गर्न चिनियाँ दुतावास र भारतीय दुतावासमा धर्ना दिएका छन् ।शान्ति समाज नेपालका अध्यक्ष तथा अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा आज काठमाडौंस्थित् भारतीय र चिनियाँ दूतावासअघि युद्ध रोक, शान्तिलाई बढावा देउ भन्दै विभिन्न प्लेकार्ड बोकेर धर्ना दिईएको छ । युद् अपराध हाे, भारत र चीनबीच सिमा विवाद चर्किएको छ । र, उक्त क्षेत्रमा दुई देशका सेनाबीचभारत र चीनबीच युद्ध नहोस भन्दै काठमाडौंमा अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले बोकेका प्लेकार्डमा युद्धको कुनैपनि सम्भावनालाई खारेज गर, आवेग होईन विवेकको प्रदर्शन गर, एस टु पिस, नो टु पिस, समझदारी विस्तार गर लगायतका नारा लेखिएका छन् यतिबेला भारत र चीनबीच सिमा विवाद चर्किएको छ । र, सिमा क्षेत्रमा दुई देशका सेनाबीच भीडन्त भएको थियो । भारतीय २० जना सेनाको निधन भएको जनाईएको छ । बुधबारमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनाको बलिदानी खेर जान नदिने बताएको छ ।





