January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न राष्ट्रपतिको सुझाव

  • 3
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी टोलीले आइतबार औपचारिक भेटवार्ता गरेको छ । सो अवसरमा राष्ट्रपतिले महासङ्घको नवनिर्वाचित पदाधिकारीलाई बधाईसहित कार्यकालको सफलताको लागि शुभकामना दिएकी छन् ।

महासङ्घका अनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले महासङ्घको नेतृत्वलाई उद्योग–व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिएकी हुन् । “हामीसँग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौँ,” राष्ट्रपति भण्डारीले भन्नुभयो, “प्राकृतिक स्रोत साधनमा हामी धनी छौँ । बजारका लागि कुनै सम । या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन । य । तो परिस्थिति कसरी अन्त्य गर्न सकिन्छ, यसमा तपाईंहरू गम्भीर भएर लाग्नुहोस् । ”
चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले । वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र यसो हुनसकेमा मात्र बाह्य लगानीसमेत आकर्षित हुनेहुँदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार–निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिनुभएको थियो । ”

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हीराचनसहितको पदाधिकारी प्रतिनिधि मण्डलले राष्ट्रपतिसमक्ष महासङ्घको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासङ्घ विशेष लक्ष्यसहितको भिजन पेपर तयारीमा लागेको जानकारी गराएको थियो ।

सो अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने देखिएको औँल्याउँदै यसका लागि कोभिड पुनरुत्थान विशेष कार्यक्रम आवश्यक भएकामा पनि जोड दिए ।

शीर्ष समाचार

धेरै पढिएको