March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

नेकपाका दुवै पक्ष आफ्नोतिर तान्ने प्रयासमा, गौतम भने पार्टी एकता हुन सक्ने भन्दै तटस्थ 

  • 26
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम पार्टीका दुई समूहमध्ये कता लाग्ने भनेर अझै खुलेको छैन । नेकपा दुवै समूहले आफ्नोतिर तान्न निरन्तर प्रयास गरे पनि उपाध्यक्ष गौतम भने अन्योलमा देखिन्छ ।

उनी अहिले पनि पार्टी एकता हुन सक्ने भन्दै तटस्थ बनेका छन् । उनी शनिबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुगे र त्यहाँ करिब सवा घण्टा कुराकानी भयो । भेटवार्तामा दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उपस्तिथ थिए । उनीहरु तीनैजनाले गौतमलाई स्पष्ट गर्न भने ।

दाहालले स्थायी र केन्द्रीय समितिका दुई तिहाइ सदस्य र ६० जिल्ला कमिटी आफ्नो पक्षमा रहेकाले पार्टीको मूलधार आफूहरु नै हुने भन्दै दोधार नगरी खुलेर आफ्नो पक्षमा लाग्न आग्रह गरेका थिए । तर जवाफमा गौतमले संसद विघटनको कदमको आफू विरोधमा रहेको त बताए, तर यहीँ समूहमा लाग्छु भनेर स्पष्ट भने बताएनन् ।

गौतमले पार्टी औचारिकरुपमा विभाजन भइ नसकेको र सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरे एउटै पार्टीका बैठकमा जानुको विकल्प नहुने भन्दै निषेधको राजनीति नगर्नसमेत आग्रह गरे ।

शीर्ष समाचार

धेरै पढिएको