February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

युवा वचन संस्थाद्वारा बिरगंजमा असाहायहरुलाई कम्बल वितरण

  • 10
    Shares

बिरगंज, पछिल्लो समय सामाजिक कार्यमा युवाहरुको भुमिका अघि बढदै गइरहेको उदाहरण आज बिरगंजमा पनि देखिएको छ । बिरगंजमा चिसो बढदै जादा बिरगंज महानगरभित्र रोड, गल्लि र फुट्पाटमा जीवन बिताईरहेका गरिब, असाहायहरुको लागि युवा वचनले कम्बल, म्याट, चाउचाउ र बिस्कुटहरु बितरण गरेको छ ।

युवा वचनको आयोजनामा भएको शनिबार पहिलो दिन राति ९:३० बजेदेखि घन्टाघरबाट सुरु गरि मिर्ली, पावरहाउस चोक, चिनिमिल एरिया, गण्डक चोक, लक्ष्मणवा चोक, प्रतिमा चोक, बसपार्क हुँदै घन्टाघर एरियामा पुगि फुटपाटमा जीवन बिताई रहेकाहरुलाई कम्बल वितरण गरिएको कार्यक्रम संयोजक किशन सरार्फले जानकारी दिएका छन् ।

युवा वचनले यसैगरी हरेक बर्ष चिसोको बेला सडकपेटिहरुमा कष्टकर जीवन बिताई रहेकाहरुलाई कम्बल, म्याट, चाउचाउ, बिस्कुट र पिउने पानी वितरण गर्दै आईरहेको छ भने यो तेस्रो बर्ष २०७७ को आज पहिलो दिन हो । कम्बल बितरण कार्यक्रम ३ दिन सम्म चल्ने र भोलि आइतबार रात्री ९:३० बजेदेखि घन्टाघरबाट सुरु भैइ माईस्थान , आदर्शनगर, बिर्ता, छपकैया, भन्सार, बाईपास रोड हुँदै पुन घन्टाघरमा पुग्ने कार्यक्रम रहेको छ ।

किशन सरार्फको संयोजकत्वमा भएको कम्बल वितरण कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, विपद व्यवस्थापन प्रदेश २ का प्रहरी निरीक्षक सरोज प्रजापति, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचीव दिलिप प्रधान, सञ्चारकर्मी अजित कुमार भुजेल, भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तव, युवा वचनका श्याम सरार्फ, कमलेश कुस्वाह, रोहित शर्मा, शिवम केडिया, प्रहरी हवल्दार रबि सिंहलगायतकाको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको