February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

थप ४८१ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु 

काठमाडौं, आइतबार थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।

गत २४ घण्टामा ७३१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४९ हजार ८६३ संख्या पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको