March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

सरकारको पहिलो प्राथमिकता निष्पक्ष रूपमा निर्वाचन गराउनु हो: विकासमन्त्री साह

  • 19
    Shares

काठमाडौं, नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गराउनु भएको बताएका छन् ।

उनले आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै सरकारको पहिलो प्राथमिकता निष्पक्ष रूपमा प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेको बताएका हुन् । शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रीत काम गर्ने उनको भनाइ थियो ।

मन्त्री साहले यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताए । मन्त्री साहले विकासको कामलाई अझै प्रभावकारी बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरे । संसद विघटन भएपछि उनले प्रतिनिधि सभा विघटनको निर्णय आत्मघाती भनेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको