काठमाडौंमा संसद् विघटनविरुद्ध जसपाको प्रदर्शन

काठमाडौं, प्रतिनिधि सभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आज पनि काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।
काठमाडाैंकाे शान्तिवाटिकाबाट सुरु भएकाे सो र्याली प्रदर्शन पुतलीसडक, पद्माेदय, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर सभा हुने जसपाले जनाएकाे छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाे थियाे ।
प्रतिकृया दिनुहोस्