February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

राष्ट्रपति सीको सन्देश लिएर काठमाडौं आइपुगे चिनियाँ अधिकारीको टोली

  • 10
    Shares

काठमाडौं, नेपालमा संसद विघटन र सत्तारुढ नेकपामा विभाजनपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ ।

नेकपा विभाजनको कारण सोधपुछ गर्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हो ।

सो टोली एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेका छन् ।

चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहनिकट एक नेताका अनुसार चिनियाँ टोलीले चीनका राष्ट्रपति सी चिनफिङको सन्देश सबै नेताहरूलाई सुनाउने छन् र नेकपा एकीकृत रहोस् र राजनीतिक स्थिरता धरापमा नपरोस् भन्ने हुन सक्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको