April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

संसद विघटनविरूद्ध काठमाडौंमा आज पनि जसपाले विरोध प्रदर्शन गर्दै

काठमाडौं, जनता समाजवादी पार्टी ‘जसपा’ले प्रतिनिधिसभा विघटनविरूद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक र असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै जसपाले आज पनि काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । पार्टीका शीर्ष नेताहरुको उपस्थितमा रत्नपार्कमा सो प्रदर्शन हुन लागेको हो ।

रत्नपार्क शान्ति बाटिकाबाट जुलुस शुरु भई पुतली सडक हुँदै पुनः त्यहीँ स्थानमा पुगेर कोण सभा गर्न लागेको हो । सभालाई डा. बाबुराम भट्टराई, महन्थ ठाकृुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम छ । शनिवार जसपाले जिल्ला सदरमुकाम सहित मुख्य शहरमा मशाल जुलुस प्रदर्शन गरेको थियो ।

जसपाले प्रतिनिधि सभा विघटन विरुद्ध जसपाले हिजो शुक्रबार विभिन्न स्थानमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको