नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीको अध्यक्षमा कोइराला विजयी

गण्डकी, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । गए राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।
असी मतभार रहेकामा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गरेका छन् । अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भए ।
एशोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा धर्म बस्याल, मङ्गलप्रसाद श्रेष्ठ, लीलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य र एशोसिएट सदस्यमा सूर्य भुजेल चयन
भए ।
प्रतिकृया दिनुहोस्