March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

नेकपाका दुबै समूह आजपनि आन्तरिक भेला र बैठक बस्दै

  • 35
    Shares

काठमाडौं, विभाजित नेकपाका दुबै समूहले आजपनि आन्तरिक भेला र बैठक जारी राखेका छन् । विभाजन भैसकेपछि त्यसकौ औचित्यका बारेमा दुबै समूहले तल्लो तहका कमिटि र नेता कार्याकर्तालाई त्यसबारे जानकारी दिने क्रम तीव्र पारेका हुन् ।


नेकपाको केपी ओली समूह र दाहाल-नेपाल समूहले विभाजन लगत्तै केन्द्रिय समिति हुँदै त्यो मुनिका पार्टी संरचना अन्तर्गतका समितिहरुको भेला बैठकलाई निरन्तरता दिएका हुन् ।

ओली समूहले आज जनवर्गीय संगठनहरुको भेला आयोजना गरेको छ । त्यस्तै जिल्ला र प्रदेशस्तरीय कार्यकर्ता भेला पनि आयोजना गरिएको छ ।

पार्टी निकट विद्यार्थी संगठनको बैठक पनि बोलाइएको छ । दाहाल नेपाल समूहले भने देशभर कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको